नेपाली क्यान्डिडेटमास्टर थापाको विजयी यात्रा जारी

  • कालिका खवर
  • शनिबार, अशोज १५, २०७९
  • काठमाडौं । नेपालका क्यान्डिडेटमास्टर कृष्ण थापाले ओमानमा जारी एशियन एमेच्योर चेस च्याम्पियनशीपमा आफ्नो विजयी यात्रा कायम राखेका छन् । प्रतियोगिताका डिफेन्डिङ च्याम्पियन थापाले शुक्रबार राती सम्पन्न दोश्रो चरणको खेलमा जापानका ताकेनुउची अत्सुसीलाई पराजित गरेभने शनिबार भएको तेश्रो चरणको खेलमा भारतका रनजीत आरकेलाई हराउन सफल रहे । तीन चरणको समाप्तिमा थापासँगै १४ खेलाडीले समान तीनतीन अंक बनाएका छन् । चौथो चरणको खेलमा थापाले तेश्रो बोर्डमा भारतका मधुसुदनन केआरसँग कालो गोटीबाट प्रतिष्पर्धा गर्नेछन् ।
    कोभिडका कारण २ वर्ष पछि आयोजित प्रतियोगितामा लगातार तीन खेलमा प्राप्त जीतले बाँकी चरणका खेलमा पनि अनुकुल नतिजा निकाल्नेमा विश्वस्त रहेको थापाले बताए । एशियाका २० देशका १४६ जना खेलाडीको सहभागीतामा सेप्टेम्बर २९ मा शुरु भएको प्रतियोगिता अक्टोबर ५ मा सम्पन्न हुनेछ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar