१८ वर्षको अनुभवसहित द्वितीय उपाध्यक्ष पदमा प्रकाश श्रेष्ठ

  • कालिका खवर
  • बिहिबार, असार २५, २०८३
  • काठमाडौं। ठमेल पर्यटन विकास परिषद्को २०८३ असार २७ गते हुने निर्वाचनलाई लक्षित गर्दै अध्यक्षका उम्मेदवार प्रश्रय राजभण्डारी नेतृत्वको व्यवसायिक प्यानलबाट प्रकाश श्रेष्ठ द्वितीय उपाध्यक्ष (2nd Vice President) पदका उम्मेदवार बनेका छन्।  श्रेष्ठ विगत १८ वर्षदेखि  पर्यटन  व्यवसायमा सक्रिय रहँदै आएका छन्। लामो व्यवसायिक अनुभवलाई परिषद्को संस्थागत विकास, व्यवसायीको हित र ठमेलको पर्यटन प्रवर्द्धनमा उपयोग गर्ने उद्देश्यसहित उनले उम्मेदवारी दिएका हुन्।

    पर्यटन व्यवसायका अवसर र चुनौतीलाई नजिकबाट बुझेका श्रेष्ठले ठमेललाई सुरक्षित, व्यवस्थित र अन्तर्राष्ट्रियस्तरमा अझ प्रतिस्पर्धी पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न परिषद्ले योजनाबद्ध रूपमा काम गर्नुपर्ने बताए। व्यवसायीबीचको एकता, निजी क्षेत्रसँगको सहकार्य तथा नयाँ पुस्ताका उद्यमीलाई प्रोत्साहन गर्ने कार्यक्रमलाई आफूले विशेष प्राथमिकतामा राख्ने उनको भनाइ छ।

    द्वितीय उपाध्यक्ष पदका उम्मेदवार प्रकाश श्रेष्ठले भने, “मैले १८ वर्षदेखि पर्यटन तथा व्यवसायिक क्षेत्रमा काम गर्दै व्यवसायीका वास्तविक समस्या, आवश्यकता र सम्भावनालाई नजिकबाट अनुभव गरेको छु। अब त्यो अनुभवलाई परिषद्मार्फत संस्थागत विकास, पर्यटन प्रवर्द्धन र व्यवसायीको हितमा उपयोग गर्न चाहन्छु। परिषद्लाई अझ प्रभावकारी, समावेशी र परिणाममुखी संस्था बनाउन मेरो भूमिका सधैं सक्रिय रहनेछ।”

    श्रेष्ठले परिषद्ले सरकारी निकाय, निजी क्षेत्र र पर्यटनसँग सम्बन्धित संघ–संस्थासँग प्रभावकारी समन्वय गर्दै ठमेलको अन्तर्राष्ट्रिय छवि अझ सुदृढ बनाउनुपर्नेमा जोड दिए। उनले व्यवसायीको सुझाव र सहभागितालाई केन्द्रमा राखेर परिषद्को हरेक गतिविधि सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याउँदै पारदर्शिता, सुशासन र उत्तरदायित्वलाई आफ्नो प्राथमिक एजेन्डा बनाउने प्रतिबद्धता व्यक्त गरे।

    उनले अध्यक्षका उम्मेदवार प्रश्रय राजभण्डारी नेतृत्वको व्यवसायिक प्यानल अनुभवी, सक्षम र व्यवसायप्रति प्रतिबद्ध टोली रहेको उल्लेख गर्दै यस टोलीले परिषद्लाई नयाँ सोच, स्पष्ट कार्ययोजना र परिणाममुखी नेतृत्व प्रदान गर्ने विश्वास व्यक्त गरे।
    आगामी २०८३ असार २७ गते हुने निर्वाचनमा व्यवसायीको हित, पर्यटन प्रवर्द्धन र संस्थागत विकासलाई प्राथमिकतामा राख्ने नेतृत्वलाई विजयी गराउन सम्पूर्ण सदस्य व्यवसायीसँग आग्रह गर्दै द्वितीय उपाध्यक्ष पदका उम्मेदवार प्रकाश श्रेष्ठले आफ्नो पक्षमा अमूल्य मत प्रदान गर्न अपिल गरेका छन ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar