वर्षाको प्रवाह नगरी संसद् पुनर्स्थापनाको माग गर्दै दमकमा मोटरसाइकल र्‍याली

  • कालिका खवर
  • शनिबार, कार्तिक १५, २०८२
  • दमक, १५ कात्तिक । एमालेको जनसंगठनहरुको सहभागितामा नेकपा (एमाले)ले आज झापाको दमकमा मोटरसाइकल र्‍याली आयोजना गरेको छ । एमाले दमक नगर कमिटीले संविधानको संरक्षण संसद् पुनर्स्थापना लगायतका माग गर्दै पार्टीले आफना २३ जनसंगठनहरुको सहभागिताका मोटरसाइकल र्‍याली आयोजना गरेको हो ।

    पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर दमकमा आयोजना गरिएको मोटरसाइकल र्‍यालीमा युवा, महिला, सर्वसाधारण, पार्टी कार्यकर्ता र नेताहरु पानीमा भिज्दै सहभागी भएका हुन् ।

    दमक–५ स्थित गोरर्खा डिपाटमेन्ट स्टोर दमकबाट सुरु भएको मोटर साइकल र्‍याली दमक–८ को सेतुमारी हाइवे रोड हुँदै पखेटे चोक, दमक–२ को आम्दा रोडबाट मदन डाँगी सडक, फागुनन्द चोक हुँदै दमकको गणतन्त्र चोकमा आएर कोणसभामा परिणत भएको थियो ।

    बंगालको खाडीबाट विकसित भएको मोन्था चक्रवातको असरपछि भइरहेको वर्षाको प्रवाह नगरी ठूलो संख्यामा एमाले कार्यकर्ता, शुभेच्छुक र शुभचिन्तक सहभागी भएका हुन् ।

    गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछिको काम गतल बाटोमा गएको, मुलुक नै खतराको भुमरीमा परेको हुँदा संसद् पुनर्स्थापना गरेर मात्र मुलुकलाई उचित दिशामा ल्याउने सक्ने भनेर सांकेतिक आवाज मोटरसाइकल र्‍याली गरेर उठाएको एमाले दमक नगर कमिटी अध्यक्ष राम पौडेलले बताए ।

    दमकको गणतन्त्र चोकमा भएको सम्पन्न मोटरसाइकल र्‍यालीको कोणसभालाई सम्बोधन गर्दै एमाले कोशी प्रदेश कमिटी सदस्य सुशील राईले कैदीबन्दी फरार रहेको, देशमा शान्ति सुरक्षा नभएको, लुटिएका हतियारहरु नआइसकेको र चुनाव हुने वातावरण नभएका कारण एमालेले संसद् पुनर्स्थापनाको माग उठाएको बताए । अहिलेको सुशीला कार्की नेतृत्वको सरकारले चुनाव हुने वातावरण सिर्जना गरे एमाले चुनावबाट कदाबी नभाग्ने पनि राईले प्रष्ट पारे ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar