विपद् प्रभावितका लागि प्रवीण लामिछाने र रुद्रप्रसाद ढुंगेलद्वारा २ लाख ११ हजार सहयोग

  • कालिका खवर
  • शुक्रबार, भदौ १२, २०८३
  • काठमाडौं । विपद् प्रभावित नागरिकहरूको राहत तथा सहयोगका लागि रेसिङ अटोमोबाइल्स प्रा.लि. तथा ढुंगेल एसोसिएसनका तर्फबाट नेपाल रिकन्डिसन अटो व्यवसायी संघका केन्द्रीय अध्यक्ष प्रवीण लामिछाने र कानुनी सल्लाहकार रुद्रप्रसाद ढुंगेलले कुल रु. २ लाख ११ हजार ११० सहयोग गर्नुभएको छ।

    उहाँहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १ लाख ५५ हजार ५५५ तथा नेपाल रिकन्डिसन अटो व्यवसायी संघको खातामा रु. ५५ हजार ५५५ सहयोग रकम प्रदान गर्नुभएको हो।

    नेपाल रिकन्डिसन अटो व्यवसायी संघका अनुसार संघको खातामा विपद् प्रभावित नागरिकहरूको सहयोगका लागि संकलन हुने सम्पूर्ण रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिनेछ।

    विपद्को कठिन परिस्थितिमा प्रभावित नागरिकहरूको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले उक्त आर्थिक सहयोग गरिएको बताइएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar