वीरगंज महानगरपालिका–२६ सुगौली विर्तामा रास्वपा उम्मेदवार सुशील साह कानुको घरदैलो अभियान

  • कालिका खवर
  • शनिबार, माघ १७, २०८२
  • वीरगंज — पर्सा निर्वाचन क्षेत्र नम्बर–२ अन्तर्गत बीरगंज महानगरपालिका वडा नम्बर–२६ सुगौली विर्तामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार सुशील साह कानुले घरदैलो अभियान सञ्चालन गरेका छन्।

    घरदैलो अभियानका क्रममा उम्मेदवार कानुले स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै उनीहरूका समस्या, आवश्यकता र अपेक्षाबारे जानकारी लिएका थिए। सो अवसरमा उनले सुशासन, पारदर्शिता, रोजगारी सिर्जना तथा समावेशी विकास रास्वपाको प्रमुख एजेन्डा रहेको उल्लेख गर्दै जनताको पक्षमा इमान्दार राजनीति गर्ने प्रतिबद्धता व्यक्त गरे।

    स्थानीयवासीहरूले शिक्षा, स्वास्थ्य, सरसफाइ, रोजगारी तथा आधारभूत पूर्वाधारका विषयमा आफ्ना गुनासा तथा सुझाव राखेका थिए। ती समस्याहरूलाई संसदमार्फत उठाएर समाधानका लागि पहल गर्ने विश्वास उम्मेदवार कानुले दिलाएका छन्।

    घरदैलो कार्यक्रममा रास्वपाका स्थानीय नेता–कार्यकर्ता, समर्थक तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar