वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह पक्राउ

  • कालिका खवर
  • मङ्लबार, जेष्ठ १९, २०८३
  • वीरगन्ज । वीरगन्ज महानगरपालिकाका मेयर पक्राउ परेका छन्। जिल्ला अदालत पर्साबाट पक्राउ पुर्जी जारी भएको आठ दिनपछि पर्सा प्रहरीले उनलाई पक्राउ गरेको हो।

    जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार मेयर सिंहलाई पर्साको ठोरी क्षेत्रमा लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको हो। विशेष सूचनाका आधारमा प्रहरी टोलीले सञ्चालन गरेको अपरेशनका क्रममा उनलाई नियन्त्रणमा लिइएको बताइएको छ।

    जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख ले मेयर सिंहलाई ठोरी क्षेत्रबाट पक्राउ गरिएको पुष्टि गरेका छन्। उनका अनुसार पक्राउपछि थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ।

    मेयर सिंहविरुद्ध अदालतबाट जारी भएको पक्राउ पुर्जीका आधारमा प्रहरीले खोजी कार्य तीव्र बनाएको थियो। आठ दिनसम्म फरार रहेका उनलाई विशेष निगरानी र सूचनाका आधारमा पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ।

    पक्राउसँगै मेयर सिंहलाई आवश्यक कानुनी प्रक्रियाका लागि सम्बन्धित निकायमा उपस्थित गराइने प्रहरीले जनाएको छ। उनीविरुद्धको मुद्दा र पक्राउ पुर्जी जारी हुनुको कारणबारे भने प्रहरीले विस्तृत जानकारी सार्वजनिक गरेको छैन।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar