उम्मेदवार नबन्ने स्याङ्जा कांग्रेस सभापति थापाको घोषणा

  • कालिका खवर
  • सोमवार, माघ ५, २०८२
  • काठमाडौं । नेपाली कांग्रेस स्याङ्जाका सभापति राजु थापा आसन्न प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारी नदिने भएका छन् । बदलिएको राजनीतिक समीकरण र नयाँलाई अवसर प्रदान गर्नका लागि आफूले निर्वाचन नलड्ने घोषणा गरेको थापाले बताए ।

    उनले भने, ‘म यसअघि पनि सोही क्षेत्रबाट ३ पटक निर्वाचनमा उम्मेदवार भए, दुई पटकसम्म जित पनि हाँसिल गरे, यसपटक नयाँ साथीहरुलाई अवसर दिनकै लागि हो, जसले नेपाली कांग्रेसबाट आधिकारिक टिकट ल्याउनुहुन्छ म उहाँलाई सहयोग गर्छु चुनाव जिताउन भरपुर लाग्छु ।’

    थापाको यो निर्णयले सामाजिक सञ्जालमा कार्यकर्ताहरुले थापा नै स्याङ्जा १ मा उम्मेदवार हुनुपर्ने र उनी बाहेक अरुले निर्वाचन जित्न गाह्रो हुने विचार समेत व्यक्त गरिरहेका छन् ।

    यता, थापाले आफ्नो निर्णयबाट आम स्याङ्जाली नेता, कार्यकर्तालाई विचलित नहुन र कांग्रेसलाई जिताउन आग्रह समेत गरेका छन् । यसअघि २०७० सालमा भएको संविधान सभा निर्वाचनमा थापाले पहिलोपटक स्याङ्जा क्षेत्र नं १ मा कांग्रेसबाट जित हाँसिल गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar