ठमेलको निर्माणाधीन रेष्टुरेन्टमा आगलागी

  • कालिका खवर
  • आइतवार, मंसिर २१, २०८२
  • काठमाडौँ, २१ मङ्सिर : काठमाडौँको ठमेलस्थित एक निर्माणाधीन रेष्टुरेन्टमा आगलागी भएको छ । काठमाडौँ महानगरपालिका–२६ ठमेल बुधबारे गल्लीस्थित निर्माणाधीन ‘वर्क इट पप’ रेष्टुरेन्टमा आज बिहान १०ः३० बजे आगलागी भएको प्रहरी वृत्त लैनचौरका प्रमुख, प्रहरी नायब उपरीक्षक (डिएसपी) जागेश्वर भण्डारीले जानकारी दिनुभयो ।

    उहाँका अनुसार विद्युत् सर्ट भएर लागेको आगो करिब ४५ मिनेटपछि नियन्त्रणमा आएको थियो । उक्त आगोलाई नियन्त्रणमा लिनका लागि नेपाल प्रहरीले काठमाडौँ महानगरपालिकाका दुई वटा दमकलको सहायता लिएको उहाँले जानकारी दिनुभयो । अहिले आगो पूर्ण रूपमा नियन्त्रणमा आएको वृत्त प्रमुख भण्डारीले बताउनुभयो । उहाँका अनुसार आगलागीबाट केकति क्षति भयो भन्नेबारेमा प्रहरीले विवरण सङ्कलन गरिरहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar