सूर्य ध्वजावाहक उम्मेदवारलाई जिताउन धिमाल निर्वाचन परिचालन समिति गठन

  • कालिका खवर
  • आइतवार, माघ ११, २०८२
  • दमक । आदिवासी धिमाल जातिहरुको भेलाले आउँदो फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा निर्वाचनमा नेकपा (एमाले)का सूर्य ध्वजावाहक उम्मेदवारहरुलाई विजय गराउन धिमाल निर्वाचन परिचालन समिति गठन गरेको छ ।

    मोरङको उर्लावारीस्थित मंगलबारेमा रहेको दश विघेको धिमाल जातीय विकास केन्द्रमा भएको भेलाले आज लोकतान्त्रिक धिमाल संघका केन्द्रीय सचिव मणिराज धिमालको संयोजकत्वमा ३१ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको हो ।

    एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका सूर्य ध्वजावाहक उम्मेदवारलाई जिताउन निर्वाचन परिचालन समितिको सहसंयोजक खड्गबहादुर धिमाललाई चयन गरिएको छ ।

    झापा, मोरङ लगायतका पूर्वमा बसोवास गर्ने आदिवासी धिमाल समुदायबाट सदस्यहरुमा गिरीराज धिमाल, गजेन्द्र धिमाल, मिलन धिमाल, शान्ति धिमाल, अम्बर धिमाल, लालबहादुर धिमाल, रोमान्स धिमाल, सरिराज धिमाल र मिना धिमाल लगायतको सदस्य रहेको निर्वाचन परिचालन समिति गठन गरिएको लोकतान्त्रिक धिमाल संघका केन्द्रीय सचिव मणिराजले जानकारी दिए । चुनाव केन्द्रित गतिविधिहरु पनि चाडै सुरु गरिने लोकतान्त्रिक धिमाल संघले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar