सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढ्यो, चाँदी ३५ रुपैयाँले घट्यो

  • कालिका खवर
  • बिहिबार, अशोज २२, २०८३
  • काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढ्दा चाँदीको भने घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ९२ हजार आठ सय रुपैयाँ कायम भएको छ । बिहीबार सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँले बढेको छ ।

    बुधबार सुन दुई लाख ९२ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो । बिहीबार चाँदीको मूल्य भने घटेको छ । बुधबार प्रतितोला चार हजार ४२५ रुपैयाँ रहेको चाँदी आज ३५ रुपैयाँले घटेर चार हजार ३९० रुपैयाँमा झरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar