सुनको मूल्य २ हजार ९ सय रुपैयाँले घट्यो

  • कालिका खवर
  • आइतवार, अशोज १८, २०८३
  • काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य घटेको छ । आज सुनको मूल्य प्रतितोला २ हजार ९ सय रुपैयाँले घटेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला दुई लाख ९४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज २९ सय रुपैयाँले घटेर दुई लाख ९१ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

    आइतबार चाँदीको मूल्य ६० रुपैयाँले घटेर प्रतितोला ४ हजार ३९० रुपैयाँमा कारोबार भइरहेको छ ।

    महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य दुई लाख ५० हजार २ सय ५५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ३ हजार ७६४ रुपैयाँ कायम भएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar