सशस्त्रको प्राविधिक तर्फका दुई डीआईजीको म्याद थप

  • कालिका खवर
  • सोमवार, चैत्र २, २०८२
  • काठमाडौँ । सशस्त्र प्रहरी बलको प्राविधिकतर्फका दुईजना डीआईजीको म्याद थप गरिएको छ  । आइतबार बसेको मन्त्रिपरिषद्ले डीआईजीद्ववय इन्जिनियर सन्दीप थापा र डा. रूपक महर्जनको म्याद थप गर्ने निर्णय गरेको एकजना मन्त्रीले बताए ।

    सशस्त्र प्रहरी नियमावलीका दफा ६५ (ग) अनुसार डीआईजीको पदावधि ४ वर्षको हुन्छ । सो प्रावधान अनुसार डीआईजीद्ववय थापा र महर्जन २०८२ चैत ५ मा अवकाशमा जाँदै थिए । मन्त्रिपरिषद्ले म्याद थप गरेसँगै उनीहरू २०८३ चैत ५ सम्म पदमा रहन्छन् ।

    इन्जिनियर थापा सशस्त्र प्रहरीको मद्धति तथा सेवा निर्देशनालयका प्रमुख हुन् । डा. महर्जन सशस्त्र प्रहरी अस्पताल प्रमुखको रूपमा कार्यरत छन् ।

    साधारण समूहतर्फका डीआईजीहरु लक्ष्मण बहादुर सिंह र प्रदीप पालको पनि म्याद थप गर्नुपर्ने प्रस्ताव गृह मन्त्रालयबाट मन्त्रिपरिषद्मा पठाइएको थियो । तर, उनीहरूको बारेमा मन्त्रिपरिषद्ले कुनै निर्णय नगरेको ती मन्त्रीले जानकारी दिए ।

    राष्ट्रिय सुरक्षा परिषद्मा कार्यरत  सिंह र कार्य विभागमा कार्यरत पाल डीआईजीको ४ वर्षे पदावधि पुरा गरेर चैत ५ मा अवकाशमा जाँदै छन् । उनीहरू नेपाल प्रहरीमा प्राविधिक सई (कम्प्युटर अपरेटर) पदमा २०५४ चैत १८ मा सेवा प्रवेश गरेर पछि सशस्त्र प्रहरीमा प्रवेश गरेका थिए ।

    प्राविधिक तर्फ प्रवेश गरेका र १ महिनाको तालिम गरेका उनीहरूले साधारण समूहमा प्रवेश गर्नेहरूले जस्तो कठिन आधारभूत तालिम नलिएको भन्दै उनीहरूको म्याद थप गर्ने प्रस्ताव विरुद्ध सशस्त्रका अधिकारीहरूले नै असन्तुष्टि जनाएका थिए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar