सरकार चुनावको वातावरण बनाउनमा केन्द्रित छ : गृहमन्त्री

  • कालिका खवर
  • बिहिबार, कार्तिक २७, २०८२
  • काठमाडौं, २७ कात्तिक । गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी विद्रोहपछि स्थिति सामान्य बनाउँदै सरकार चुनावमा केन्द्रित भएको बताएका छन् । निर्वाचनको सुरक्षाबारे संसदीय समितिमा छलफलमा बोल्दै यो सरकार गठन नै चुनाव गर्नको लागि बनेको बताए ।

    उनले भने, ‘सुशासन दिन नसके विद्रोह हुने रहेछ भन्ने प्रस्टसँग देखिएको छ । सुशासन सरकारको नियमित र उच्च प्राथमिकताको काम हो भन्ने हामीले बुझेका छौँ । सुशासन दिन नसक्दा विद्रोह हुने देखिसकेका छौँ । सुशासनको मामिलामा सचेत छौँ । माग सम्बोधन गर्छौँ ।’

    जेनजी आन्दोलनबारे उच्चस्तरीय छानबिन समितिले अध्ययन गरिरहेको भन्दै शहीदको सपनाभन्दा आफूहरू बाहिर नजाने बताए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar