सर्वोच्च अदालतका २५ हजार मुद्दाका मिसिल नष्ट, डाटा सेन्टर पनि ध्वस्त

  • कालिका खवर
  • बुधबार, भदौ २५, २०८२
  • काठमाडौ, २५ भदौ । सर्वोच्च अदालतमा भएको आगजनीले २५ हजारभन्दा बढी मुद्दाका मिसिलहरू जलेर नष्ट भएका छन् । त्यसले गर्दा, अब मुद्दाको सुनवाइदेखि फैसलासम्म प्रभाव पर्ने भएको छ ।

    अदालतको एनेक्स भवनको भुईंतलामा रहेको अभिलेख शाखादेखि कानुन पत्रिकाको प्रकाशन विभागमा पनि आगजनी भएको छ । सर्वोच्च मात्रै होइन, हेटौँडास्थित डाटा सेन्टरमा समेत तोडफोड भएको छ । डाटाको ब्याकअप राखिएको स्थानमा पनि आगजनी हुँदा सर्वोच्च अदालतको वेबसाइट ‘डाउन’ हुन पुगेको छ ।

    आईटी कक्षमा प्रवेश गरेर आगजनी गरेपछि अदालतले फाइलहरू सुरक्षित गर्ने स्थानसमेत ध्वस्त भएको छ । अदालत प्रवेश गरेलगत्तै प्रदर्शनकारीले कागजातहरू जम्मा गरी आगो लगाएको बताइएको छ । उनीहरूले त्यही क्रममा श्रीयन्त्र र आँखीझ्याल पनि जलाएका थिए ।

    त्यसैगरी, प्रधानन्यायाधीश, मुख्य रजिस्टारलगायतका कार्यकक्षमा पनि आगजनी भएको छ । न्यायाधीशहरूले तयार पारेका कैयौँ फैसलाको अभिलेख पनि कम्प्युटरसँगै नष्ट भएको बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar