संकटमा जनताको साथ दिने नेतृत्वलाई मत दिनुपर्छ : एमाले उम्मेदवार प्रदीप यादव

  • कालिका खवर
  • सोमवार, माघ १२, २०८२
  • वीरगंज — पर्सा निर्वाचन क्षेत्र नम्बर–१ का नेकपा (एमाले) का उम्मेदवार प्रदीप यादवले संकटका बेला जनताको साथमा उभिने नेतृत्व छान्ने समय अब आएको बताएका छन्।

    चुनावी प्रचार–प्रसार, घरदैलो अभियान तथा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै यादवले वीरगंजमा चरम सुख्खाका कारण खानेपानीको अभाव हुँदा आफूले केन्द्र सरकारसँग पहल गरी बजेट व्यवस्थापन गरेर धारा, बोरिङ, ट्युबवेल तथा रिजर्भ ट्याङ्कीमार्फत नागरिकलाई पानी उपलब्ध गराएको स्मरण गराए।
    “संकटको घडीमा काम गर्ने र भाषण मात्रै गर्ने नेतृत्वबीचको फरक जनताले प्रत्यक्ष देखिसक्नुभएको छ,” उनले भने।

    पूर्व मन्त्रीसमेत रहनुभएका यादवले खानेपानी मन्त्रालयको जिम्मेवारी सम्हाल्दा जनमुखी काम गरेर मन्त्रालयको भूमिका प्रमाणित गरेको दाबी गर्दै बाँकी विकास निर्माणका कार्य पूरा गर्न पुनः एकपटक अवसर दिन मतदातासँग आग्रह गरे।
    उनले एमालेसँग जनताको समस्या समाधान गर्ने इच्छाशक्ति र क्षमता दुवै रहेको बताए।

    यादवले सुख्खाग्रस्त क्षेत्रका समस्या समाधानका साथै कोरोना महामारीका बेला वीरगंज र आसपासका क्षेत्रका नागरिकको स्वास्थ्य सुरक्षाका लागि खेलेको भूमिकासमेत स्मरण गराए। शिक्षा, स्वास्थ्य, खानेपानी तथा सामाजिक क्षेत्रका सुधारका कामहरूले आफ्नो राजनीतिक प्रतिबद्धता पुष्टि हुने उनको भनाइ थियो।

    कार्यक्रममा सहभागी स्थानीय मतदाताहरूले पनि संकटमा साथ दिने, काम गरेर देखाउने र राष्ट्रिय हितलाई केन्द्रमा राख्ने नेतृत्व आवश्यक रहेको प्रतिक्रिया दिँदै एमालेजस्तो राष्ट्रवादी शक्तिलाई मतदान गर्न आतुर रहेको बताएका छन्। पर्सा–१ मा विकास, स्थायित्व र जनउत्तरदायी नेतृत्वको पक्षमा माहोल बन्दै गएको उनीहरूको भनाइ छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar