सन नेपाल लाइफ इन्स्योरेन्सको मुनाफा ४४ प्रतिशत वृद्धि, खुद नाफा २३ करोड ९२ लाख पुग्यो

  • कालिका खवर
  • आइतवार, कार्तिक ३०, २०८२
  • काठमाडौं । चालु आर्थिक वर्षको असोज मसान्तसम्म सन नेपाल लाइफ इन्स्योरेन्सले २३ करोड ९२ लाख रुपैयाँ खुद नाफा कमाएको छ। कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार यो नाफा गत आवको तुलनामा ४४ प्रतिशतले वृद्धि भएको हो।

    गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले १६ करोड ६१ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

    बीमा कारोबारतर्फ भने केही घटावट देखिएको छ। गत आर्थिक वर्षको असोज मसान्तमा १ अर्ब १६ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको कम्पनीले समीक्षा अवधिमा १ अर्ब ८ करोड रुपैयाँ मात्र आर्जन गरेको छ।

    तर, खुद बीमाशुल्क भने अलिकति सुधार देखिएको छ। यस त्रैमासमा कम्पनीले १ अर्ब ४ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्न सफल भएको छ। गत आवको सोही अवधिमा यो रकम १ अर्ब ३ करोड २२ लाख रुपैयाँ थियो।

    समीक्षा अवधिमा कम्पनीका अन्य वित्तीय सूचकहरू यसप्रकार छन्—

    • प्रतिशेयर आम्दानी (EPS) : १८.९५ रुपैयाँ

    • प्रतिशेयर नेटवर्थ : १६१.८९ रुपैयाँ

    • जीवन बीमा कोष : १० अर्ब ४१ करोड ९५ लाख रुपैयाँ

    नाफामा ठूलो वृद्धि देखिएकाले सन नेपाल लाइफ इन्स्योरेन्सको वित्तीय प्रदर्शन यस वर्ष सकारात्मक तरिकाले अघि बढिरहेको कम्पनीले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar