समृद्धि फाइनान्सको २४औं वार्षिकोत्सव सम्पन्न, सेवा विस्तार र डिजिटल प्रवर्द्धनमा जोड

  • कालिका खवर
  • मङ्लबार, कार्तिक २५, २०८२
  • काठमाडौं । समृद्धि फाइनान्स लिमिटेडले आफ्नो २४औं वार्षिकोत्सव मंगलबार उत्साहपूर्वक सम्पन्न गरेको छ।

    वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा फाइनान्सका व्यवस्थापन सदस्य, कर्मचारी र ग्राहकहरूको सक्रिय सहभागिता रहेको थियो। सो अवसरमा फाइनान्सका सबै शाखाहरूमा पनि कर्मचारी र बचतकर्ताको उपस्थितिमा केक काटेर वार्षिकोत्सव मनाइएको थियो।

    कार्यक्रमले समृद्धि फाइनान्सले विगत २४ वर्षमा गरेको सेवा विस्तार, आर्थिक समावेशीकरण, समुदाय र सरोकारवालाको हितमा पुर्‍याएको योगदानलाई स्मरण गरेको फाइनान्सले जनाएको छ।

    हाल समृद्धि फाइनान्सले १३ वटा शाखामार्फत नगद कारोवार, आरटिजिएस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ लगायतका नियमित बैंकिङ सेवा प्रदान गर्दै आएको छ। साथै, ग्राहकलाई सहज र आधुनिक सेवा उपलब्ध गराउनका लागि मोबाइल बैंकिङ, डेबीट कार्ड र क्यूआर कोडजस्ता डिजिटल सुविधा निशुल्क रूपमा उपलब्ध गराइरहेको छ।

    संस्थाले आगामी वर्षहरूमा अझ प्रभावकारी डिजिटल सेवा विस्तार र ग्राहकमैत्री नवप्रवर्तनमा जोड दिने लक्ष्य राखेको जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar