समानुपातिक सांसदको नाम टुंग्याउन बैठक बस्दै राप्रपा

  • कालिका खवर
  • आइतवार, चैत्र १, २०८२
  • काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ। बैठक अहिले बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने भएको हो।

    बैठकमा पार्टीले प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक उम्मेदवार सिफारिस गर्नेछ। समानुपातिकमा ३ लाख ३० हजार ६ सय ८४ मत पाएको राप्रपाको भागमा चार सांसद परेका छन्।

    प्रवक्ता मोहनकुमार श्रेष्ठका अनुसार प्रत्यक्षतर्फ एक सांसद जितेको राप्रपाले निर्वाचनमा पार्टीको पराजयबारे समीक्षा गरिने छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar