सिटिजन लाइफ इन्स्योरेन्सद्वारा क्षेत्रीय ‘अवार्ड सेरेमनी एण्ड स्किल इन्हान्समेन्ट’ कार्यक्रम सम्पन्न

  • कालिका खवर
  • मङ्लबार, कार्तिक २५, २०८२
  • काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले पूर्व, मध्य–पश्चिम र काठमाडौं उपत्यकाका क्षेत्रीय स्तरमा ‘अवार्ड सेरेमनी एण्ड स्किल इन्हान्समेन्ट’ कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न गरेको छ।

    कार्यक्रम अन्तर्गत भदौ २१ गते सोल्टी वेस्टएण्ड, इटहरीमा पूर्व क्षेत्रका लागि, कात्तिक १४ गते टाइगर प्यालेस रिसोर्ट, सोाल्टी, भैरहवामा मध्य–पश्चिम क्षेत्रका लागि, कात्तिक २१ गते टिका रिसोर्ट, लेकसाइड पोखरामा मध्य–पश्चिम क्षेत्रका लागि तथा कात्तिक २२ गते स्मार्ट प्यालेस, चाबहिल, काठमाडौंमा मध्य क्षेत्रका लागि कार्यक्रम आयोजना गरिएको थियो।

    सिटिजन लाइफका अनुसार, कार्यक्रमको उद्देश्य कम्पनीका लिडरहरूबीच आत्मविश्वास, प्रेरणा र आपसी सहकार्य (फेलोशिप) प्रवर्द्धन गर्नुका साथै बिक्री सीपमा नवीकरण गर्दै अझ पेशेवर र सक्षम लिडरहरू तयार पार्नु रहेको थियो। प्रत्येक कार्यक्रममा २५० देखि ३६० जनासम्म सहभागी थिए।

    कार्यक्रमका क्रममा आर्थिक वर्ष २०८१/८२ का ‘ब्रोनज क्लब’ क्वालिफायरहरूलाई सम्मान गरिनुका साथै विभिन्न दिनहरूमा ‘हिरो अफ द डे’ उपाधि प्राप्त लिडरहरूलाई पनि पुरस्कार प्रदान गरिएको थियो।

    तालिम सत्र कम्पनीका ट्रेनिङ विभाग प्रमुख, प्रमुख व्यवसाय अधिकृत, प्रमुख बजार व्यवस्थापन अधिकृत तथा प्रमुख कार्यकारी अधिकृतद्वारा सञ्चालन गरिएको थियो। उक्त सत्रले सहभागीहरूमा उच्च स्तरको उत्साह र प्रेरणा जगाएको कम्पनीले जनाएको छ।

    कार्यक्रमपछि मनोरञ्जनात्मक सत्रको पनि आयोजना गरिएको थियो, जहाँ चर्चित लोकगायक मिलन लामाले पोखरा र काठमाडौंमा प्रस्तुतिका माध्यमबाट कार्यक्रमलाई झनै उत्साहपूर्ण बनाएका थिए।

    कम्पनीका अनुसार, कार्यक्रम अत्यन्तै उत्साहजनक, जीवन्त र सफलतापूर्वक सम्पन्न भएको छ। सहभागीहरू कार्यक्रमबाट प्रेरित, ऊर्जाशील र उत्साहित बनेका छन्।

    सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो लिडरहरूमा सकारात्मक ऊर्जा र खुसी फैलाउने विश्वास राख्दै आएको छ। कम्पनीका अनुसार, कडा परिश्रम गर्ने लिडरहरूको सम्मान र पुरस्कृत गर्नु कम्पनीको नीति तथा संस्कृतिको अभिन्न अङ्ग हो।

    निकट भविष्यमा पश्चिम तथा हेटौँडा क्षेत्रका कार्यक्रमहरू पनि सम्पन्न गरिने कम्पनीले जानकारी दिएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar