सिजीको दशैं–तिहार योजना : भियतनामदेखि मेघौली सेराई भ्रमणसम्म जित्ने अवसर

  • कालिका खवर
  • सोमवार, अशोज १२, २०८३
  • काठमाडौं । नेपाली इलेक्ट्रोनिक्स ब्रान्ड सिजीले बडादशैं तथा तिहारको अवसर पारेर स्मार्ट घरायसी उपकरणमा विशेष चाडपर्व योजना सार्वजनिक गरेको छ। सिजीको वार्षिक अभियान ‘एक्पिरियन्स लाइफ विथ सिजी’ अन्तर्गत “भरोसा नेपालीको, उत्सव दशैं, तिहारको” योजना सार्वजनिक गरिएको हो।

    उपभोक्तालाई अत्याधुनिक प्रविधिसँगै चाडपर्वमा विशेष उपहार प्रदान गर्ने उद्देश्यले ल्याइएको योजनाअन्तर्गत सिजी तथा सिजी मेरिडियाका स्मार्ट घरायसी उपकरण खरिद गर्ने ग्राहकले लक्की ड्रमार्फत विभिन्न आकर्षक उपहार जित्न सक्ने कम्पनीले जनाएको छ।

    योजनाका प्रमुख आकर्षणअन्तर्गत भाग्यशाली विजेताले भियतनाम भ्रमण वा मेघौली सेराई भ्रमणको अवसर प्राप्त गर्नेछन्। साथै, अर्का भाग्यशाली विजेताले कुनै पनि पाँचवटा उपकरणको बन्डल जित्न सक्ने कम्पनीले जनाएको छ।

    योजनामा सहभागी हुन ग्राहकले सिजीका स्मार्ट घरायसी उपकरण खरिद गरेपछि क्युआर कोड स्क्यान गरी लक्की ड्रका लागि दर्ता गर्न सक्नेछन्।

    कम्पनीका अनुसार सिजीको ‘एक्पिरियन्स लाइफ विथ सिजी’ वार्षिक अभियानले ग्राहकको जीवनस्तरलाई सहज बनाउने तथा दैनिक कार्यलाई सरल बनाउने प्रविधिमा जोड दिँदै आएको छ।

    यसै अभियानअन्तर्गतको प्रिमियम सिग्नेचर सिरिज ‘सिजी मेरिडिया’ले अत्याधुनिक प्रविधि र विलासी डिजाइनको संयोजनमार्फत घरको सौन्दर्य बढाउनुका साथै उच्च कार्यक्षमता र प्रिमियम अनुभव प्रदान गर्दै आएको कम्पनीको दाबी छ।

    सिजी इलेक्ट्रोनिक्सका उत्पादनहरू देशभर रहेका २२ वटा अत्याधुनिक सिजी डिजिटल तथा ६ वटा एलजी ब्रान्ड शपका शोरुम, कम्पनीको आधिकारिक वेबसाइट तथा आधिकारिक बिक्री केन्द्रबाट खरिद गर्न सकिने कम्पनीले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar