‘सहकारी ठग’ रविलाई बहिष्कार गरेर लखेट्छौँ : महेश बस्नेत

  • कालिका खवर
  • आइतवार, माघ ४, २०८२
  • काठमाडौं । नेकपा (एमाले)का सचिव महेश बस्नेतले एमाले नै ग्रामीण जीवनको शोषण, दमन, उत्पीडन र अर्थतन्त्रका समस्याको समाधान गर्ने पार्टी भएको बताएका छन् ।

    निर्वाचन केन्द्रित विशेष जनसभा कार्यक्रममा बोल्दै उनले सहकारीको नाममा ग्रामीण क्षेत्रका आम नागरिक विशेषगरी आमा, दिदीबहिनीहरूले साग, मकै, दाउरा बेचेर जम्मा गरेको पैसालाई ठगी गरिएको बताउँदै त्यसका लागि रवि लामिछाने जिम्मेवार रहनुपर्ने बताए ।

    उनले रवि लामिछानेलाई ‘सहकारी ठग’को संज्ञा दिँदै आगामी आन्दोलनको मुख्य एजेन्डा उनलाई बहिष्कार र प्रतिरोध गर्ने हुने बताए । उनले भने, ‘ग्रामीण जीवनको शोषण दमन, उत्पीडन र अर्थतन्त्रको समाधान गर्ने पार्टी नेकपा (एमाले) हो ।

    आज त्यो सहकारी ठग ती साग बेच्ने, मकै बेच्ने, दाउरा बेच्ने, ती हाम्रा आमा दिदीबहिनीहरुले जम्मा गरेको पैसा र ग्रामिण जीवनको अर्थतन्त्रलाई नाटकीय परिवर्तन गर्ने त्यो सहकारीलाई समाप्त गर्ने सहकारी ठग रवि लामिछाने हो ।

    सहकारी ठग लामिछानेलाई बहिष्कार गर्ने हो, लखेट्ने हो । यसपालीको आन्दोलनको एजेण्डा त्यही हो । अनेक मुद्दाहरु बोकेर हिँडेको छ, चार पाँच वटा श्रीमती बोकेर हिँडेको छ, यस्तो पनि हुन्छ ?’

    बस्नेतले गत भदौ २४ गते सिंहदरबारसहित राष्ट्रका धरोहर जलाउनेहरूको हिसाबकिताब र खोजीनीति हुने समेत बताए । उनले भने, ‘देश जलाउने लुसिफरहरु, दलालहरू हामीले चिनिसक्यौं, अब यसको हिसाबकिताब चुनावमार्फत हुन्छ ।’

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar