शाइन रेसुंगा डेभलपमेन्ट बैंकले घोषणा गर्‍यो १६ प्रतिशत लाभांश

  • कालिका खवर
  • सोमवार, भदौ २९, २०८३
  • काठमाडौं । Shine Resunga Development Bankले आफ्ना शेयरधनीलाई १६ प्रतिशत लाभांश वितरण गर्ने भएको छ।

    बैंकको भदौ २८ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षसम्मको वितरणयोग्य सञ्चित मुनाफाबाट लाभांश वितरण गर्ने निर्णय गरेको हो। बैंकले हाल कायम चुक्ता पूँजीको ६ प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ।

    बैंकको चुक्ता पूँजी ५ अर्ब २ करोड १९ लाख ७२ हजार ७२९ रुपैयाँ रहेको छ। सो पूँजीको ६ प्रतिशतका दरले ३० करोड १३ लाख १८ हजार ३६३ रुपैयाँ बराबरको बोनस शेयर वितरण हुनेछ।

    त्यस्तै, बैंकले १० प्रतिशतका दरले ५० करोड २१ लाख ९७ हजार २७२ रुपैयाँ नगद लाभांश वितरण गर्नेछ। बैंकका अनुसार उक्त नगद लाभांशमा लाग्ने करसमेत समावेश गरिएको छ।

    सञ्चालक समितिको निर्णयअनुसार प्रस्तावित लाभांश नियामक निकायको स्वीकृति तथा बैंकको आगामी साधारणसभाबाट पारित भएपछि शेयरधनीलाई वितरण गरिनेछ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar