श्रीमतीको हत्या आरोपमा २१ वर्षीय युवक पक्राउ

  • कालिका खवर
  • सोमवार, पुस २१, २०८२
  • काठमाडौं : दाङमा श्रीमतीको हत्या आरोपमा एक युवक पक्राउ परेका छन् । प्रहरीले शान्तिनगर गाउँपालिका– २ केराघारीका २१ वर्षीय सुमन आले मगरलाई श्रीमती हत्याको आरोपमा पक्राउ गरेको हो ।

    आलेलाई पुस १८ गते राति तुलसीपुर–५ न्युरोडस्थित शिशिर गेष्ट हाउसमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी चक्र बहादुर शाहले जानकारी दिए । सुमनले १७ वर्षीय श्रीमती खीमा परियारलाई पुस १२ गते बिहान तुलसीपुर–५ न्युरोडस्थित रुकमेली गेष्ट हाउसमा सामान्य विवादका कारण कुटपिट गरेका थिए ।

    कुटपिटबाट गम्भीर घाइते परियारको नेपालगञ्जमा उपचारक्रममा पुस १८ गते निधन भएको थियो । हत्याको आरोपमा पक्राउ परेका सुमनलाई जिल्ला अदालतबाट सात दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar