सार्वजनिक शान्ति विरुद्धको कसुरमा भुसालमाथि म्याद थप गरिँदै

  • कालिका खवर
  • बुधबार, कार्तिक १९, २०८२
  • काठमाडौँ । हिंसा भड्काउने अभिव्यक्ति दिएपछि पक्राउ परेका डा. निकोलस भुसाललाई प्रहरीले सार्वजनिक शान्ति विरुद्धको कसुरमा म्याद लिएर अनुसन्धान गर्ने भएको छ । भुसाल मङ्गलबार गोरखाको सरस्वती आश्रमबाट पक्राउ परेका थिए ।

    भुसालले कात्तिक १६ मा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्वगृहमन्त्री रमेश लेखक र काठमाडौँका  तत्कालीन प्रमुख जिल्ला अधिकारी छवि रिजालको घर घेर्ने भन्दै सामाजिक सञ्जालमा पोष्ट गरेका थिए । त्यस्तै ‘क्षेप्यास्त्र आक्रमण गर्ने’ चेतावनी दिएपछि उनी पक्राउ परेका हुन् । मुलुकी अपराध संहिता २०७४ को परिच्छेद–२ मा रहेको ‘सार्वजनिक शान्ति विरुद्धको कसुर’ अन्तर्गत झुटा अफवाह फैलाएमा कानुनी कारबाही हुने व्यवस्था छ ।

    सो ऐन अनुसार झुटा अफवाह फैलाएमा १ वर्षसम्म कैद वा दश हजार सम्म जरिवाना हुने व्यवस्था छ । भुसाल लाई सो ऐन अनुसार अदालतबाट म्याद लिएर अनुसन्धान गरिने जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले बताए ।

    असोज २३ मा पनि भुसाल माइतीघरमा प्रदर्शन गर्न खोज्दा पक्राउ परेका थिए । स्वास्थ्य जाँच गर्दा गाँजा सेवन गरेको रिपोर्ट आएपछि उनलाई सुधार केन्द्रमा लैजाने सर्तमा उनका दाजुले जिम्मा लिएका थिए । त्यसपछि पनि उनको विवादित अभिव्यक्ति रोकिएन ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar