सांसद सुनारले अपमान गरेपछि आइजीपी कार्कीले भेटे सभामुख

  • कालिका खवर
  • शुक्रबार, साउन २९, २०८३
  • काठमाडौं। संसदीय समितिको बैठकमा आफूमाथी दुर्ब्यावहार भएको भन्दै प्रहरी महानिरिक्षक दानबहादुर कार्कीले सभामुख डोलप्रसाद अर्यालसँग भेट गरेका छन् ।

    उनले आज दिउँसो संसद सचिवालयमा पुगेर प्रतिनिधिसभाका सभामुख अर्यालसँग भेट गरेका हुन्।

    प्रहरी महानिरीक्षक कार्कीले सभामुख अर्यालसँग केही दिन अघि सार्वजनिक लेखा समितिको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारले आफू माथि गरेको व्यवहारबारे ध्यानाकर्षण गराए ।

    सांसद सुनारले निर्वाचन प्रहरीको पोसाक खरिदमा भ्रष्टाचारको आरोप लगाउँदै आइजिपी कार्कीमाथि ‘अमर्यादित’ टिप्पणी गरे पछि कार्कीसहित उपस्थित सांसदले सुनारको ब्यवहारको आलोचना गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar