सानिमा बैंकको २२औँ वार्षिक साधारणसभा सम्पन्न, १० प्रतिशत नगद लाभांश पारित

  • कालिका खवर
  • सोमवार, अशोज १२, २०८३
  • काठमाडौं । सानिमा बैंक लिमिटेडको २२औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। सोमबार बैंकका अध्यक्ष तुकप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न साधारणसभाले सञ्चालक समितिले प्रस्ताव गरेको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।

    सभाले आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्म कायम साधारण सेयर पुँजीको १० प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव अनुमोदन गरेको बैंकले जनाएको छ। यस्तै, अग्राधिकार सेयर पुँजीतर्फ ८.२५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पनि सभाले पारित गरेको छ।

    साधारणसभाबाट सर्वसाधारण सेयरधनीको तर्फबाट तेजबहादुर चन्द र महेश घिमिरे सञ्चालकमा निर्विरोध निर्वाचित भएका छन्।

    बैंकका अनुसार आर्थिक वर्ष २०८२/८३ मा सानिमा बैंकले ३ अर्ब ५५ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ। सो अवधिको अन्त्यसम्म बैंकको कुल सम्पत्ति २९१ अर्ब २१ करोड रुपैयाँ, कुल निक्षेप २४९ अर्ब ९३ करोड रुपैयाँ तथा खुद कर्जा सापटी २०३ अर्ब ९९ करोड रुपैयाँ पुगेको छ।

    यस अवधिमा बैंकको निष्क्रिय कर्जा २.८७ प्रतिशत रहेको छ। त्यस्तै, बैंकको पुँजीकोष १२.८३ प्रतिशत, तरलता ३०.६८ प्रतिशत तथा कर्जा–निक्षेप अनुपात ८०.७७ प्रतिशत रहेको बैंकले जनाएको छ।

    साधारणसभाले बैंकको आर्थिक वर्ष २०८२/८३ को वित्तीय अवस्था तथा आगामी कार्यदिशासँग सम्बन्धित विषयमा समेत छलफल गरेको जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar