सांग्रिला डेभलपमेन्ट बैंकले १०.३५८३% लाभांश वितरण गर्ने निर्णय

  • कालिका खवर
  • आइतवार, कार्तिक ३०, २०८२
  • काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षका लागि आफ्ना सेयरधनीलाई १०.३५८३ प्रतिशत लाभांश दिने घोषणा गरेको छ।

    बैंकको कात्तिक २८ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट ५ प्रतिशत बोनस सेयर र करसहित ५.३५८३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

    बैंकले जनाएको छ कि उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति प्राप्त भएपछि आगामी वार्षिक साधारण सभाबाट पारित गरी सेयरधनीहरूमा वितरण गरिनेछ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar