सांग्रिला डेभलपमेन्ट बैंक एससीटी–युनियनपे कार्डमा आवद्ध, डिजिटल भुक्तानी अझ सहज र सुरक्षित

  • कालिका खवर
  • शनिबार, कार्तिक १, २०८२
  • काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड एससीटी–युनियनपे कार्डमा औपचारिक रूपमा आवद्ध भएको छ। यस साझेदारीसँगै बैंकका ग्राहकहरूले अब बैंकका शाखाहरूमा गएर एससीटी–युनियनपे कार्ड प्राप्त गर्न सक्ने भएका छन्।

    बैंकले जनाएको छ कि यस आवद्धतापछि ग्राहकहरूले डिजिटल भुक्तानी प्रक्रियामा अझ सहजता, सुलभता र सुरक्षा अनुभव गर्नेछन्। यस कदमले बैंकको डिजिटल रूपान्तरण यात्रामा नयाँ अध्याय थपेको बैंकको भनाइ छ।

    एससीटी (स्मार्ट च्वाइस टेक्नोलोजी) नेपालकै पहिलो डोमेस्टिक कार्ड स्किम हो, जसले करिब दुई दशकदेखि देशभरका बैंक तथा वित्तीय संस्थामार्फत सुरक्षित, सरल र भरपर्दो भुक्तानी सेवा प्रदान गर्दै आएको छ।

    विस्तारित सेवा सञ्जालका साथ, सांग्रिला डेभलपमेन्ट बैंकले हाल १०९ शाखा कार्यालय र ३० वटा एटीएम मार्फत सेवा प्रदान गरिरहेको छ। बैंकले संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीमा उत्कृष्ट अभ्यास गर्दै आएको जनाएको छ।

    बैंकले आगामी दिनमा डिजिटल वित्तीय सेवा र पहुँच विस्तारमा अझ ध्यान केन्द्रित गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar