स्वर्गीय कामेश्वर मिश्रको १२ औँ पुण्यतिथिमा भावपूर्ण श्रद्धाञ्जली सभा सम्पन्न

  • कालिका खवर
  • मङ्लबार, चैत्र १०, २०८२
  • पर्सा। पोखरिया नगरपालिकामा ब्राह्मण समाज नेपालद्वारा स्वर्गीय कामेश्वर मिश्रको १२ औँ पुण्यतिथिको अवसरमा एक भावपूर्ण श्रद्धाञ्जली सभा सम्पन्न गरिएको छ। कार्यक्रम अत्यन्तै श्रद्धा, सम्मान तथा गरिमामय वातावरणमा सम्पन्न भएको थियो।

    ब्राह्मण समाज नेपाल, पोखरिया नगरपालिकाका अध्यक्ष श्री अमलेश्वर मिश्रको सभापतित्व तथा केन्द्रीय सदस्य श्री प्रेमचन्द्र दुबे ज्यूको प्रमुख आतिथ्यमा आयोजित उक्त कार्यक्रममा स्वर्गीय मिश्रको व्यक्तित्व, समाजप्रतिको योगदान र उहाँको समर्पणलाई उच्च सम्मानका साथ स्मरण गरिएको थियो।

    कार्यक्रममा ब्राह्मण समाज पोखरिया नगरपालिकाका उपाध्यक्ष श्री वीरेन्द्र पाण्डे, ब्राह्मण समाज पर्साका पूर्व अध्यक्ष श्री हरिनारायण मिश्र, संरक्षक श्री योगेन्द्र मिश्र लगायत विभिन्न पदाधिकारी, बुद्धिजीवी तथा शुभेच्छुकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

    कार्यक्रमको सहजीकरण ब्राह्मण समाजका सचिव श्री जनार्दन मिश्रले गर्नुभएको थियो। उहाँको कुशल संचालनले कार्यक्रमलाई अझ व्यवस्थित र भावपूर्ण बनाएको सहभागीहरूले बताएका छन्।

    श्रद्धाञ्जली सभामा वक्ताहरूले स्वर्गीय कामेश्वर मिश्रले समाजका लागि पुर्‍याउनुभएको योगदानलाई स्मरण गर्दै उहाँको अभाव सधैं खट्किरहने बताएका थिए। साथै, उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चिरशान्तिको कामना गरिएको छ।

    यस दुःखद घडीमा शोकाकुल परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दै धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना गरिएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar