हतासमा मैले राजीनामा दिएको होइन : सभापति थापा

  • कालिका खवर
  • मङ्लबार, चैत्र १०, २०८२
  • काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले आफूले हतार र हतासमा राजीनामा नदिएको स्पष्ट पारेका छन् ।

    आज केन्द्रीय कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै उनले कुनै हतारोमा आएर नभइ विधान अनुसार आफूले राजीनामा दिएको बताएका हुन् ।

    ‘फागुन २१ गते सम्पन्न प्रतिनिधिसभाको निर्वाचनको परिणामको जिम्मेवारी लिएर उपसभापति विश्वप्रकाश शर्मासमक्ष आफ्नो राजीनामा प्रस्तुत गरेको थिएँ,’ थापाले भने, ‘नेपाली कांग्रेस पार्टीको विधानको व्यवस्था यही हो । सभापतिले राजीनामा दिन चाहेमा उपसभापतिसमक्ष दिने र उपसभापतिले केन्द्रीय समितिमा प्रस्तुत गर्ने । यसमाथि छलफल पनि भइसकेको छ । मैले कुनै हतारोमा आएर राजीनामा दिएको पनि होइन । हतास भएर राजीनामा दिएको पनि होइन । विशेष महाधिवेशन नगरी निर्वाचनमा गएका थियौं भने त्यो निर्वाचनमा हामीले कसरी सामना गर्नुपर्थ्यो भन्ने कुरा निर्वाचित भएका र हामी निर्वाचित नभएकाले पनि बुझेका छौं,’।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar