रविको विकल्पका लागि पुनर्गठनको एजेन्डा उठाएको होइन : तोसिमा कार्की

  • कालिका खवर
  • शनिबार, कार्तिक ८, २०८२
  • काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ डा.तोसिमा कार्कीले पार्टी सभापति रवि लामिछानेको विकल्पका लागि पुनर्गठनको एजेन्डा नउठाएको बताएकी छन् । शनिबार सामाजिक सञ्जाल फेसबुकमा एक भिडियो सन्देशमार्फत उनले सो कुराको जानकारी दिएकी हुन् ।

    नेतृ कार्कीले पार्टी अहिलेको यथास्थितिमै चलिरहने हो भने चाहेर पनि मेजर पार्टी बन्न नसक्ने दाबी समेत गरेकी छन् । उनले रास्वपा ठुलो हृदय लिएर एउटा प्लेटफर्म लिएर अघि बढ्नुपर्ने बताउँदै भनेकी छन्– ‘ ‘कृपया रवि लामिछानेको विकल्प खोजेर यस्तो भनिएको हो भन्ने कसैले नभनौँ ।’

    कार्कीले निरन्तर विभिन्न आरोप लगाएर आफूमाथि आक्रमण नगर्न पार्टी पङ्क्ति लगायतलाई आग्रह समेत गरेकी छन् । ‘म आफ्नो पेसा छाडेर राष्ट्रिय स्वतन्त्र पार्टीलाई अपनाएर आएको मान्छे हुँ । मैले उठाएको पुनर्गठनको एजेन्डा व्यक्ति विरुद्धको होइन,’ उनले भिडियो सन्देशमा भनेकी छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar