रविको अर्को तारेख बैशाख १४ गतेका लागि तोकियो

  • कालिका खवर
  • आइतवार, चैत्र १५, २०८२
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मुद्दाको अर्को तारेख बैशाख १४ गतेका लागि तोकिएको छ ।

    आज काठमाडौं जिल्ला अदालतमा तारेख बुझ्न उपस्थित भएका लामिछानेलाई वैशाख १४ गतेका लागि तारेख दिएको हो ।

    उनीविरुद्ध काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा लामिछानेविरुद्ध मुद्दा छ ।

    गोरखा मिडिया नेटवर्कमा कानुन विपरीत स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाबाट ५ करोड ७८ लाख ९८ हजार ४८० रुपैयाँ लगेको आरोप छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar