रवि र कुलमानबीच भेटवार्ता

  • कालिका खवर
  • शुक्रबार, पुस २५, २०८२
  • काठमाडौं । उर्जामन्त्रीबाट राजीनामा दिएका कुलमान घिसिङ र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ । बुधबार राति राजीनामा दिएका घिसिङले आज लामिछानेसँग भेटवार्ता गरेका हुन् ।

    घिसिङले अब राजनीतिमा सक्रिय हुने निर्णय गर्दै राजीनामा दिएका थिए । भेटवार्तामा पार्टी समायोजन लगायतका विषयमा छलफल भएको बताइएको छ । घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टी रास्वपामा समाहित भएपनि अझै विवाद भने कायमै छ ।

    उज्यालो नेपाल पार्टीले केन्द्रीय समितिमा हिस्सेदारी, समानुपातिक सूची संसोधनदेखि प्रत्यक्ष निर्वाचनको उम्मेदवारीसम्मका विषयमा प्याकेजमा सहमति खोजेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar