रुकुम पश्चिम: सानाेभेरी नदीमा दुई बालिका मृत फेला

  • कालिका खवर
  • मङ्लबार, फाल्गुन २६, २०८२
  • सुर्खेत । रुकुम पश्चिमको सानाे भेरी नदीमा दुई जना बालिका मृत भेटिएका छन्। ‎जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी हरी‍ि पुनका अनुसार, मृत भेटिनेमा बाफिकोट गाउँपालिका- ३ का १२ वर्षीया कल्पना ओली र १४ वर्षीया उर्मिला ओली रहेका छन्। उनीहरू दुवै जना एकै घरका दिदीबहिनी हुन्।

    ‎‎उनीहरु बाफिकाेट गाउँपालिका-३ काे भाम्लेस्थित सानाे भेरी नदीमा मृत अवस्थामा फेला परेका हुन् । यस्तै  १२ वर्षीया सपना ओली अझै बेपत्ता रहेकाे उनले बताए । ‘उनकाे खाेजीकार्य भइरहेकाे छ,’उनले भने। ‎उनीहरु साेमबार मुसिकाेट नगरपालिका-१ भलखाेलामा विवाह खान भन्दै घरबाट निस्किएका थिए । ‎‎’खाेला तर्दा बगेकाे हुन सक्ने अनुमान छ,’उनले भने,’ यद्यपि घटनाबारे अनुसन्धान पछि मात्र थाहा हाेला ।’

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar