रसुवाबाढीले पारेको प्रभाव अध्ययन गर्न उपसमिति गठन

  • कालिका खवर
  • बुधबार, भदौ २४, २०८३
  • काठमाडौँ : प्रतिनिधिसभा, अर्थ समितिले रसुवाबाढीबाट अर्थतन्त्रमा पारेको प्रभाव, विश्लेषण एवं जलवायु वित्तसँग सम्बन्धित अध्ययन तथा  विश्लेषण गर्ने भएको छ ।
     अध्ययन तथा विश्लेषण गर्न सांसद सुशिल खड्काको संयोजकत्वमा सात सदस्यीय उपसमिति गठन गरिएको  छ ।
    प्रतिनिधिसभा, अर्थ समितिको आज सिंहदरबारमा बसेको बैठकले खड्कको संयोजकत्वमा  उक्त उपसमिति गठन गरेको हो । उपसमितिको सदस्यमा सांसद नरेन्द्रकुमार केरुङ, परशुराम तामाङ, डा पुष्पराज कँडेल, लिमा अधिकारी, पुष्प चौधरी र सुशान्त वैदिक सदस्य रहेका छन् ।
    समितिका सभापति डा कृष्णहरि बुढाथोकीले उपसमितिले रसुवा बाढीसँग सम्बन्धि र जलवायु वित्तसम्बन्धी अध्ययन गरी असोज २ गतेभित्र प्रतिवेदन पेस गर्नका लागि कार्यदेश दिइएको बताए । उनले  उपसमितिले रसुवा बाढीले अर्थतन्त्रमा पारेको प्रभाव र जलवायु वित्तसम्बन्धी विषयमा अध्ययन गर्ने कार्यदेश दिइएको जानकारी दिए  ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar