रसुवा बाढीप्रति रुवान्डामा रहेका नेपालीको दुःख व्यक्त, दीप प्रज्वलन गरी श्रद्धाञ्जली

  • कालिका खवर
  • सोमवार, भदौ १५, २०८३
  • काठमाडौं । गत भदौ १० गते रसुवामा आएको विनाशकारी बाढीबाट नेपाली तथा विभिन्न देशका नागरिकहरूमा पुगेको अकल्पनीय मानवीय र भौतिक क्षतिप्रति रुवान्डामा रहेका नेपाली समुदायले गहिरो दुःख व्यक्त गरेको छ।

    रुवान्डामा रहेका सम्पूर्ण नेपालीहरू मातृभूमि तथा बाढीपीडित परिवारहरूको दुःखमा साथ रहेको जनाउँदै एनसीसी एनआरएनए रुवान्डाका अध्यक्ष विकास डंगोल महर्जनले दिवङ्गत आत्माहरूप्रति हार्दिक श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका छन्।

    यस दुःखद घटनामा ज्यान गुमाएकाहरूको आत्माको चिरशान्तिको कामना गर्दै रुवान्डामा रहेका नेपाली समुदायले दीप प्रज्वलन कार्यक्रम आयोजना गरेको जनाएको छ।

    अध्यक्ष महर्जनले अझै पनि फसिरहेका तथा सम्पर्कविहीन व्यक्तिहरूको शीघ्र र सकुशल उद्धार होस् भन्ने कामना गरेका छन्। साथै, उद्धार तथा राहत कार्यमा खटिएका सम्पूर्ण सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, स्वयंसेवक तथा सम्बन्धित निकायहरूको प्रयास सफल होस् भन्ने शुभकामना पनि व्यक्त गरेका छन्।

    रुवान्डामा रहेका नेपाली समुदायले यस कठिन घडीमा मातृभूमि र विपद्बाट प्रभावित सम्पूर्ण परिवारसँग ऐक्यबद्धता जनाउँदै पीडितहरूको दुःखमा सधैँ साथ रहने प्रतिबद्धता व्यक्त गरेको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar