राष्ट्रपति निवासमा सर्वदलीय बैठक सुरु

  • कालिका खवर
  • शुक्रबार, अशोज २४, २०८२
  • काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा सर्वदलीय बैठक सुरु भएको छ। राष्ट्रपति भवन शीतल निवासमा सुरु भएको बैठकमा प्रधानमन्त्री सुशीला कार्की पनि उपस्थित छिन्। जेनजी आन्दोलनपछि कार्कीको नेतृत्वमा सरकार गठन भएपछिको यो पहिलो सर्वदलीय बैठक हो। बैठकमा फागुन २१ गते तय गरिएको निर्वाचनबारे छलफल हुनेछ।

    चुनाव घोषणा गरे पनि आफूहरुसँग सरकारले कुनै संवाद नगरेको गुनासो दलहरूले गर्दै आएका थिए। बैठकमा नेपाली कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापा, नेकपा एमालेबाट बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र महासचिव शंकर पोखरेल, नेकपा माओवादी केन्द्रबाट नारायणकाजी र वर्षमान पुन उपस्थित रहेका छन्।

    रास्वपाबाट कार्यवाहक सभापति डीपी अर्याल र सहमहामन्त्री विपिनकुमार आचार्य, राप्रपाबाट ज्ञानेन्द्र शाही र बिना लामा, एकीकृत समाजवादीबाट बरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव घनश्याम भुसाल, जनमत पार्टीबाट सीके राउत लगायतको उपस्थिति रहेको छ। त्यस्तै सरकारका तर्फबाट प्रधानमन्त्रीका अलवा मन्त्रीहरु रामेश्वर खनाल, कुलमान घिसिङ, ओमप्रकाश आर्याल र जगदीश खरेल पनि सहभागी भएका छन्।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar