राष्ट्रिय महिला क्रिकेटर मनीषा उपाध्यायलाई ६० हजार रुपैयाँ बराबरको क्रिकेट सामग्री सम्मान

  • कालिका खवर
  • सोमवार, अशोज १२, २०८३
  • काठमाडौं। नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी खेलाडी मनीषा उपाध्यायलाई ‘लेट रमा देवी मेमोरियल क्रिकेट कप’को तर्फबाट ६० हजार रुपैयाँ बराबरको क्रिकेट सामग्री प्रदान गरी सम्मान गरिने भएको छ।

    आयोजकले पत्रकार सम्मेलनमार्फत मनीषालाई उनको उत्कृष्ट प्रदर्शन, मेहनत, समर्पण तथा नेपाली महिला क्रिकेटमा पुर्‍याउँदै आएको योगदानको कदरस्वरूप क्रिकेट सामग्री प्रदान गर्न लागिएको जानकारी दिएको हो।

    नेपाली महिला क्रिकेटमा निरन्तर उत्कृष्ट प्रदर्शन गर्दै राष्ट्रिय टोलीमा योगदान पुर्‍याउँदै आएकी मनीषालाई सम्मान गर्न पाउनु आफूहरूका लागि खुसी र गर्वको विषय भएको आयोजकले जनाएको छ।

    आयोजकका अनुसार राष्ट्रिय टोलीसम्म पुगेर आफ्नो स्थान बनाउन खेलाडीले गर्ने संघर्ष, मेहनत र निरन्तरतालाई सम्मान गर्नु सबैको दायित्व हो। मनीषाले नेपाली क्रिकेटका लागि मैदानमा देखाउँदै आएको समर्पण अन्य खेलाडीका लागि समेत प्रेरणाको विषय रहेको आयोजकको भनाइ छ।

    ‘लेट रमा देवी मेमोरियल क्रिकेट कप’ले नेपाली महिला क्रिकेटको विकास र खेलाडीको प्रोत्साहनमा योगदान पुर्‍याउने उद्देश्यसहित मनीषालाई क्रिकेट सामग्री प्रदान गर्ने निर्णय गरेको जनाएको छ।

    आयोजकले मनीषाको आगामी खेल यात्राका लागि शुभकामना व्यक्त गर्दै नेपाली महिला क्रिकेटमा उनको निरन्तर योगदानको अपेक्षा गरेको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar