राष्ट्रिय किक बक्सिङ विकास कार्यक्रम सम्पन्न , देशभरका २ सय बढिले लिए प्रशिक्षण

  • कालिका खवर
  • मङ्लबार, चैत्र २४, २०८२
  • ललितपुर –नेपालमा किक बक्सिङ खेलको विस्तारका लागि राष्ट्रिय किक बक्सिङ विकास कार्यक्रम सम्पन्न भएको छ ।
    नेपालका कुना कन्दरासम्म किक बक्सिङ खेलको विकास र विस्तारका निम्ती प्रशिक्षक र निर्णायक उत्पादन गर्न यो कार्यक्रम आयोजना गरिएको राष्ट्रिय किक बक्सिङ संघ नेपालले जनाएको छ ।
    ४ दिने कार्यक्रममा देशभरका २ सय बढिको सहभागीता रहेको थियो ।
    समापन समारोहमा बोल्दै पुर्व पर्यटन तथा सँस्कृति मन्त्री एवं नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवन राम श्रेष्ठले नेश्नल किकबक्सिङ डेभलोमेन्ट प्रोग्राम नेपाली किक बक्सिङ खेलको विकासका लागि कोशेढुङ्गा सावित भएको बताए । र्
    यो किक बक्सिङका लागि निकै महत्वपूर्ण कार्यक्रम हो , उनले भने र्, यही तालिम बाहिर लिन परेको भए ३– लाख खर्च हुन्थ्यो , नेपालमै भएकाले समय र पैसाको बचत पनि भएको छ ।
    समापन समारोहमा नेपाली सेना पुर्व प्रधान सेनापति राजेन्द्र क्षेत्री , सशस्त्र प्रहरी बल पुर्व महानिरिक्षकहरु शैलेन्द्रकुमार श्रेष्ठ र शैलेन्द्र खनाल, नेपाल ओलम्पिक कमिटिका सचिब राम कृष्ण श्रेष्ठ बोस,नेपाल ओलम्पिक कमिटि कार्यकारी सदस्य लाक्पा छिरिङ लामाले कार्यक्रमको सफलताको चर्चा गरेका थिए ।
    प्रशिक्षक र निर्णायक उत्पादनका लागि ओलम्पिक काउन्सिल अफ एसियाबाट मान्यता प्राप्त एशियन किक बक्सिङ कन्फडेरेसनका अध्यक्ष नासिर नासिरीले मुख्य प्रशिक्षण दिएका थिए ।
    किक बक्सिङ विकास कार्यक्रममा यसबाहेक राखेपका विज्ञ राजेश्वर स्थापीत, सुलोचना सिजाक्वा, टेक्निकल प्रमुख निकेश श्रेष्ठ, रेफ्रि संयोजक राजु सिंह बाजिको , प्रशिक्षक मार्पो लामा र चर्चित कलाकार मोटिभेसनल स्पीकर सन्दीप क्षेत्रीले खेलाडीलाई मनोबल बाउने तालिम दिएको सचिव दीवान्स श्रेष्ठले जानकारी दिए ।
    कन्फडेरेसनका अध्यक्ष नासिर नासिरी पहिलो पटक नेपाल आएका हुन् ।
    नासिरीको प्रशिक्षण र आगमन नेपाली किक बक्सिङ खेलको विकासका लागि र अन्र्तराष्ट्रिय पहुँचका लागि महत्वपूर्ण भएको कमिटकिा अध्यक्ष श्रेष्ठले बताए ।
    सन् २००९ मा स्थापीत किक बक्सिङ संघले हरेक वर्ष सर्वाधिक पुरस्कार राशीको मंगलादेवी के वान् किक बक्सिङ च्याम्पियनसीप आयोजना गर्दै आएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar