रास्वपाको केन्द्रीय कार्यालय खाली गर्न घरबेटीको ३ महिने ‘अल्टिमेटम’

  • कालिका खवर
  • शुक्रबार, अशोज १०, २०८२
  • काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई तीन महिनाभित्र केन्द्रीय कार्यालय रहेको भवन खाली गरिदिन घरबेटीले आग्रह गरेका छन् । लामो समयसम्मको भाडा नपाएको र सुरक्षाको कारणले घर छोड्न आग्रह गरेको घरधनी भरतमणि देवकोटाले बताए । देवकोटाले सञ्चारमाध्यमलाई दिएको जानकारी अनुसार रास्वपाले १० महिनादेखि घरभाडा तिरेको छैन ।

    देवकोटाका अनुसार मासिक तीन लाख पचास हजार रुपैयाँमा घरभाडामा सहमति बनेको थियो । रास्वपा अनुशासन आयोगका तत्कालीन अध्यक्ष समेत रहेका देवकोटा सभापति रवि लामिछाने दोस्रोपटक गृहमन्त्री हुँदा विज्ञ सल्लाहकार नियुक्त भएका थिए । हाल अमेरिकामा रहेका देवकोटाको स्थानमा रास्वपाले अर्का व्यक्तिलाई अनुशासन आयोगको अध्यक्ष बनाएको छ ।

    देवकोटाले रास्वपालाई ठूलै रकम सापटी दिएको तर त्यो पनि फिर्ता नभएको गुनासो छन् । यद्यपी रकम के कति हो भन्ने उनले खुलाएका छैनन् । ‘पार्टीमा म संलग्न हुने एउटा पाटो हो । घर भाडा अर्को विषय हो,’ देवकोटाले भने, ‘पार्टीले त्यसलाई बुझ्ने गाम्भिर्यता देखाएन । स्थापनाकालमा बसुन्धरामा रहेको रास्वपाको कार्यालय त्यहाँ सानो भएको भनी देवकोटाको घर बनस्थलीमा सारिएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar