रास्वपा ओखलढुंगाका सांसद पोखरेलको स्वकीय सचिवमा पत्रकार थापामगर नियुक्त

  • कालिका खवर
  • बिहिबार, भदौ २५, २०८३
  • काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद विश्वराज पोखरेलको स्वकीय सचिवमा पत्रकार डेनिस थापामगर नियुक्त भएका छन्। खुला प्रतिस्पर्धाका आधारमा संघीय संसद् सचिवालयले आह्वान गरेको विज्ञापनअनुसार थापामगरलाई बुधबार स्वकीय सचिव पदमा नियुक्ति दिइएको हो।

    ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–४ निवासी थापामगर लामो समयदेखि पत्रकारिता तथा शिक्षण पेसामा सक्रिय रहँदै आएका छन्। उनले सञ्चार क्षेत्रमा रहेर समाचार सम्प्रेषण तथा व्यवस्थापनसँगै शिक्षण क्षेत्रमा समेत अनुभव हासिल गरेका छन्। थापामगर सोलुखुम्बुस्थित हिमाल एफएम ९०.२ मेगाहर्जमा व्यवस्थापक (म्यानेजर) का रूपमा समेत कार्यरत थिए।

    सञ्चार क्षेत्रमा लामो समयको अनुभव हासिल गरेका उनलाई खुला प्रतिस्पर्धाबाट सांसद पोखरेलको स्वकीय सचिवमा नियुक्त गरिएको हो। स्वकीय सचिवका रूपमा थापामगरले सांसद पोखरेलको सचिवालय व्यवस्थापन, समन्वय तथा संसदीय गतिविधिसँग सम्बन्धित जिम्मेवारीमा सहजीकरण गर्नेछन्। पत्रकारिता र शिक्षण पेसाको अनुभव बोकेका थापामगरको संसदीय सचिवालय प्रवेशलाई उनको व्यावसायिक यात्राको नयाँ जिम्मेवारीका रूपमा हेरिएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar