राप्रपाले कार्यसम्पादन समिति बैठक बोलायो, अध्यक्ष लिङ्देनले पार्टीको धारणा सार्वजनिक गर्ने

  • कालिका खवर
  • बिहिबार, अशोज २, २०८२
  • काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले परिवर्तित राजनीतिक सन्दर्भमा पार्टीको धारणा तय गर्न आज केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको छ। बैठक आज दिउँसो पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमा सुरु हुने प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठले जानकारी दिए।

    बैठकमा वर्तमान राष्ट्रिय राजनीतिक परिस्थिति, पार्टीको आगामी कदम र संगठनात्मक विषयमा गहन छलफल हुने बताइएको छ। बैठकपछि अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको आधिकारिक धारणा र बैठकले गरेका निर्णयहरू सार्वजनिक गर्ने कार्यक्रम तय भएको छ। यस क्रममा अध्यक्ष लिङ्देनले समसामयिक विषयमा पार्टीको दृष्टिकोण प्रष्ट पार्ने र आगामी दिनमा राप्रपाले लिन सक्ने नीतिगत कदमबारे पनि जानकारी दिने प्रवक्ता श्रेष्ठले बताए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar