रामेछाप कारागारमा गोली चल्दा ३ जनाको मृत्यु, १३ जना घाइते

  • कालिका खवर
  • बिहिबार, भदौ २६, २०८२
  • रामेछाप, २६ भदौ । रामेछापस्थित रामेछाप कारागारमा गोली चल्दा ३ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । बिहीबार बिहान कारागारबाट कैदीबन्दीहरु भाग्न प्रयास गरेपछि स्थिति नियन्त्रण लिन गोली प्रहार गरिएको हो । कारागार तनावग्रस्त भएपछि फायरिङको क्रममा ३ जना कैदीको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् ।

    घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल रामेछाप लगिएको छ । हाल कारागारमा ३३४ जना कैदीबन्दीहरु छन् । कारागारलाई नेपाली सेनाले नियन्त्रणमा लिएको छ भने घटनाको थप विवरण आउन बाँकी छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar