पूर्वराष्ट्रपति र उपराष्ट्रपतिबारे पार्टीले फैसला गरिसकेको छ : शंकर पोखरेल

  • कालिका खवर
  • बुधबार, भदौ १८, २०८२
  • काठमाडौं, १८ भदौ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पूर्वराष्ट्रपति र उपराष्ट्रपतिबारे पार्टीले फैसला गरिसकेको बताएका छन् । पूर्व राष्ट्रपति भण्डारीको सदस्यता नखोसेको उनले स्पष्ट पारेका हुन् ।

    उनले भने, ‘परित्याग गरेको विषयलाई पुन: कायम गर्ने कि नगर्ने भन्ने पार्टीको फैसला छ । पूर्वराष्ट्रपति र उपराष्ट्रपतिबारे पार्टीले फैसला गरिसकेको छ । त्यसमा पार्टी कायमै छ ।’

    विधान महाधिवेशनको तयारीबारे आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले दुई उपाध्यक्षको निर्णयमाथिको असहमति विधान महाधिवेशनमा छलफल गर्ने कि नगर्ने भन्नेबारे सचिवालय बैठकले टुङ्ग्याउने जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar