पूर्वप्रधानमन्त्री भट्टराई आज भारत प्रस्थान गर्दै

  • कालिका खवर
  • आइतवार, पुस ६, २०८२
  • काठमाडौं : पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई आज भारत प्रस्थान गर्ने भएका छन् । उनी पुस ९ गतेमात्र स्वदेश फर्किने कार्यक्रम रहेको  सचिवालयले जानकारी दिएको छ । भ्रमणका क्रममा डा भट्टराईले भारतका बौद्धिक, कूटनीतिक तथा शैक्षिक क्षेत्रका प्रतिनिधिहरूसँग महत्त्वपूर्ण भेटघाट र छलफल गर्नेछन्। विशेषगरी नेपाल–भारत सम्बन्ध, क्षेत्रीय सहकार्य र लोकतान्त्रिक अभ्यासका समसामयिक विषयमा उनले आफ्ना विचारहरू राख्ने सचिवालयले जनाएको छ।

    डा भट्टराईले भारतको प्रतिष्ठित शिक्षण संस्था आईआईटी बम्बईमा आयोजना हुने टेकफेस्टमा सहभागी भई’दक्षिण एसियाको लोकतान्त्रिक भविष्य: युवा, प्रविधि र समावेशी लोकतन्त्र’  विषयमा विशेष सम्बोधन गर्नेछन्। नयाँ दिल्लीस्थित इन्डिया इन्टरनेसनल सेन्टरमा साउथ एसियन फोरम फर पिपुल्स इनिसिएटिभद्वारा आयोजित एक विशेष कार्यक्रममा उनी प्रमुख वक्ताका रूपमा सहभागी हुनेछन्।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar