पुस ११ भित्र उम्मेदवारको नाम सिफारिस गर्न नेकपाको परिपत्र

  • कालिका खवर
  • शनिबार, पुस ५, २०८२
  • काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी(नेकपा)ले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचन र माघ ११ को राष्ट्रिय सभा निर्वाचनलाई लक्षित गरी आन्तरिक विशेष परिपत्र जारी गरेको छ ।

    पार्टी एकता प्रक्रियापछि आयोजना गरिएका एकता सन्देश सभा भव्य रूपमा सफल भएको निष्कर्ष निकाल्दै नेकपाले अबको सम्पूर्ण ध्यान निर्वाचन र उम्मेदवार चयनमा केन्द्रित गर्दै आन्तरिक परिपत्र गरेको हो ।

    पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधवकुमार नेपालद्वारा हस्ताक्षरित आन्तरिक परिपत्रमा उम्मेदवार बन्नका लागि कडा योग्यता र पारदर्शी मापदण्ड तय गरिएका छन् ।

    पार्टीले आफ्ना मातहतका समितिलाई यही पुस ११ गतेभित्र उम्मेदवारको सिफारिस गरिसक्न कडा निर्देशन दिएको छ । नेकपाले यसपटकको निर्वाचनमा नयाँ पुस्तालाई समेट्ने विशेष रणनीति अख्तियार गरेको छ ।प्रतिनिधि सभाको प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस गर्दा हरेक निर्वाचन क्षेत्रबाट कम्तिमा एक जना जेनजी अर्थात् युवा र एक जना महिलासहित अधिकतम ५ जनाको नाम पठाउन भनिएको छ ।

    युवा र लोकप्रिय अनुहारलाई प्राथमिकता दिएर चुनाव जित्ने रणनीति पार्टीले बनाएको देखिन्छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar