पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

  • कालिका खवर
  • आइतवार, साउन २४, २०८३
  • पश्चिमी नाइजरमा दुई यात्रुवाहक बस आपसमा ठोक्किँदा कम्तीमा २१ जनाको मृत्यु भएको छ भने ३७ जना घाइते भएका छन् । नाइजर समाचार एजेन्सी (एएनपी) का अनुसार दुर्घटना माडाउवा सहरबाट करिब ५५ किलोमिटर टाढा माराडी–माडाउवा सडकखण्डमा भएको हो ।

    दुर्घटनामा परेका दुई बसमध्ये एउटामा सैनिक जवानहरू सवार रहेको बताइएको छ । घाइतेहरूको उपचार भइरहेको तथा दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धान सुरु गरिएको एएनपीले जनाएको छ ।

    नाइजरमा सडक दुर्घटना बढिरहेका बेला पछिल्लो घटना भएको हो । तीव्र गति, मादकपदार्थ सेवन गरी सवारी चलाउनु तथा सवारीसाधन र सडकको खराब अवस्थालाई यहाँ हुने सडक दुर्घटनाका प्रमुख कारण मानिन्छ ।

    नाइजर सडक सुरक्षा एजेन्सीको प्रतिवेदन उद्धृत गर्दै एएनपीले सन् २०२५ मा देशभर सात हजार एक सयभन्दा बढी सडक दुर्घटना भएको जनाएको छ । ती दुर्घटनामा एक हजार २०० भन्दा बढीको मृत्यु तथा चार हजार ४०० भन्दा बढी गम्भीर घाइते भएका थिए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar