पोखरीमा डुबेर एक बालकसहित २ जनाको मृत्यु

  • कालिका खवर
  • शुक्रबार, फाल्गुन १५, २०८२
  • काठमाडौँ : सर्लाही र रुपन्देहीमा पानीमा डुबेर एक बालकसहित २ जनाको मृत्यु भएको छ। रूपन्देहीको देवदह नगरपालिका-५ खैरेनीमा पानीमा डुबेर २ वर्षीय बालकको मृत्यु भएको प्रहरीले जनाएको छ।

    खाल्डोमा जमेको पानीमा डुबेर बुटवल उपमहानगरपालिका-१२ तामनगर बस्ने सुशिला पौडेलका छोराअन्दाजी २ वर्षीय सम्रात पौडेलको मृत्यु भएको हो।

    पानीमा डुबेर गम्भीर बिरामी परेका उनको देवदह मेडिकल कलेज भलुहीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। त्यसैगरि सर्लाही सदरमुकाम मलंगवामा पनि पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ।

    मलंगवा नगरपालिका-१ ब्रहम्स्थान नजिकै रहेको पोखरीमा डुबेर स्थानीय ४५ वर्षीय जितु चन्द रामको मृत्यु भएको हो। बिहीबार पोखरीमा डुबेर बेपत्ता भएका उनको खोजी गर्ने क्रममा शव फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ यी दुवै घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar