पोखरामा चाङ्गान नेभो क्यू०५ सार्वजनिक, असोज ३ देखि चारदिने टेस्ट ड्राइभ

  • कालिका खवर
  • आइतवार, अशोज ४, २०८३
  • काठमाडौं । एमएडब्लु वृद्धि अटोकर्प प्रालिले नयाँ विद्युतीय एसयूभी चाङ्गान नेभो क्यू०५ पोखरामा सार्वजनिक गरेको छ। गाडी सार्वजनिकसँगै कम्पनीले चारदिने विशेष टेस्ट ड्राइभ कार्यक्रमसमेत आयोजना गरेको छ।

    ग्राहकहरूले असोज ३ देखि ६ गतेसम्म पोखरास्थित डीपल पोखरा शोरुममा नेभो क्यू०५ को टेस्ट ड्राइभमार्फत प्रत्यक्ष अनुभव लिन सक्नेछन्।

    पोखरामा आयोजित कार्यक्रममा पोखरा चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीजका अध्यक्ष शोभा गौतम, नाडाका पूर्व अध्यक्ष ध्रुव थापा, वडाका उपाध्यक्ष निरन केसी, डीपलका एम्बेसडर प्रदीप खड्का, एमएडब्लु वृद्धि अटोकर्पका निर्देशक पार्थ सिकरिया तथा प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रबहादुर चन्दको उपस्थितिमा नेभो क्यू०५ सार्वजनिक गरिएको हो।

    कम्पनीले नेभो क्यू०५ को अल्ट्रा भेरियन्ट ५१ लाख ८९ हजार रुपैयाँको विशेष मूल्यमा उपलब्ध गराएको जनाएको छ। चाङ्गान नेभो क्यू०५ कम्फर्ट, डिजाइन र प्रविधिलाई प्राथमिकतामा राखेर विकास गरिएको कम्प्याक्ट इलेक्ट्रिक एसयूभी हो।

    आधुनिक परिवारलाई लक्षित गरी डिजाइन गरिएको क्यू०५ मा कम्प्याक्ट बाह्य आयामसँगै फराकिलो र व्यावहारिक केबिन उपलब्ध छ। यसको २,७३५ मिलिमिटर ह्वीलबेस र २६.६ प्रतिशत केबिन स्पेस उपयोगले यात्रुका लागि पर्याप्त स्थान उपलब्ध गराउने कम्पनीको दाबी छ। पछाडिको सिटमा तीन जना बस्न सक्ने तथा सिटब्याकमा २८ र ३३ डिग्रीका दुई रिक्लाइनिङ पोजिसन उपलब्ध छन्।

    क्यू०५ मा ५४० लिटरको डुअल लेभल बुट, ९० लिटरको लुकाइएको स्टोरेज र २९ वटासम्म व्यावहारिक स्टोरेज स्पेस रहेको छ। गाडीमा ६७ भन्दा बढी साउन्ड इन्सुलेसन तथा न्वाइज रिडक्सन पोइन्टसमेत रहेको कम्पनीले जनाएको छ। चयनित भेरियन्टमा १.८ वर्गमिटरको प्यानोरामिक ग्लास रूफ र पावरयुक्त सनशेड उपलब्ध छ।

    कम्पनीका अनुसार क्यू०५ को विकास चाङ्गानका ग्लोबल डिजाइन उपाध्यक्ष तथा फक्सवागन ग्रुपका पूर्व हेड अफ डिजाइन क्लाउस जिक्योराको नेतृत्वमा भएको हो। यसको विकासमा ३१ देशका ९१५ भन्दा बढी डिजाइन विशेषज्ञको योगदान रहेको जनाइएको छ।

    ‘फुगुआङ’ डिजाइन फिलोसफीबाट प्रेरित क्यू०५ मा ०.२६५ सिडी ड्र्याग कोइफिसियन्टसहितको एरोडाइनामिक प्रोफाइल रहेको छ। यसमा डिजिटल विङ २.० फुल–विड्थ लाइटिङ सिग्नेचर, स्टार–रिङ म्याट्रिक्स एलईडी टेललाइट र सेमी–हिडन डोर ह्यान्डलहरू रहेका छन्।

    विद्युतीय प्रदर्शनतर्फ क्यू०५ मा चाङ्गानको गोल्डेन शिल्ड ब्याट्री २.० प्रविधि प्रयोग गरिएको छ। कम्पनीका अनुसार यसको 3C फास्ट चार्जिङ प्रणालीले उपयुक्त अवस्थामा ब्याट्रीलाई ३० देखि ८० प्रतिशतसम्म करिब १५ मिनेटमा चार्ज गर्न सक्छ।

    क्यू०५ मा १२० किलोवाटको इलेक्ट्रिक मोटर रहेको छ, जसले शून्यदेखि १०० किलोमिटर प्रतिघण्टाको गति ८.१ सेकेन्डमा हासिल गर्न सक्ने कम्पनीले जनाएको छ। डब्ल्युएलटीपी परीक्षणअनुसार गाडीले ४०५ किलोमिटर रेन्ज दिने तथा ऊर्जा खपत १२.९ किलोवाट आवर प्रति १०० किलोमिटर रहेको छ।

    प्रविधितर्फ गाडीमा १४.६ इन्चको १०८०पी टचस्क्रिन, अटोमोटिभ–ग्रेड एमटीके ८६७५ ७–न्यानोमिटर प्रोसेसर, वायरलेस एप्पल कारप्ले तथा एन्ड्रोइड अटो उपलब्ध छन्। भेरियन्टअनुसार १८ वटासम्म ड्राइभर–असिस्टेन्स फङ्सन र ५४० डिग्री प्यानोरामिक भ्युिङ सिस्टमसमेत उपलब्ध रहेको कम्पनीले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar