पिएल सिंह स्मृति टि २० असार ४ देखि, विजेताले ११ लाख पाउने

  • कालिका खवर
  • बिहिबार, जेष्ठ २८, २०८३
  • ललितपुर – काठमाडौँ महानगरपालिकाका पूर्व मेयर पि एल सिंहको संझनामा अर्को महिना पिएल सिंह अन्तर महानगरपालिका टि ट्वान्टी कप आयोजना हुने भएको छ।
    काठमाडौं महानगरपालिकासहित ललितपुर महानगरपालिका , भरतपुर महानगरपालिका, वीरगन्ज महानगरपालिका , बिराटनगरपालिका र पोखरा महानगरपालिका गरी देशभरका ६ वटा महानगरपालिका ‘मेयर–११’ टोलीहरूबीच आउने असार ४ गतेदेखि १३ गतेसम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा प्रतिस्पर्धा हुनेछ ।
    काठमाडौं महानगरको मुख्य आयोजना तथा बागमती प्रदेश क्रिकेट संघको व्यवस्थापन र प्राविधिक सहयोगमा हुने प्रतियोगिताको विजेताले ११ लाख तथा उपविजेताले ५ लाख नगद पाउनेछ ।
    प्रतियोगितामा प्लेयर अफ दि टूर्नामेन्ट, उत्कृष्ट ब्याटर, उत्कृष्ट बलर र इमर्जिङ प्लेयर लाई पनि विशेष पुरस्कार प्रदान गरिनेछ।
    नेपाली क्रिकेट खेलको दिगो विकास, आन्तरिक खेल प्रतिभाको प्रवद्र्धन तथा महानगरपालिकाहरुबिच आपसी सद्भाव र खेलकुद संस्कृतिको विकास र विस्तार गर्ने उदेश्यका साथ काठमाडौँ महानगरपालिकाको वार्षिक कार्यक्रमअन्तर्गत यो प्रतियोगिता आयोजना गरिएको आयोजक काठमाडौं महानगरले जनाएको छ ।
    प्रतियोगिताको फाइनल खेल त्रिबि मैदानमा फ्लड लाइटमा गराइने बागमती प्रदेश क्रिकेट संघका अध्यक्ष तथा नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले जानकारी दिए।
    उनका अनुसार हरेक महानगरको टोलीमा सम्बन्धित महानगर रहेको जिल्लाका ७ र महानगर रहेको प्रदेशका ८ गरि १५ सदस्यीय टोली तयार हुनेछ।
    कनै पनि खेल हेर्न दर्शकलाई निशुल्क ब्यवस्था गरिएको अध्यक्ष खड्काले बताए ।
    अर्को सिजनबाट सबै प्रदेशका खेलाडीलाई समेट्ने गरि प्रतियोगिताको आयोजना गरिने अध्यक्ष खड्काले बताए । काठमाडौँ महानगरपालिकाका सामजिक समिति संयोजक तथा वडा नं १० का अध्यक्ष रामकुमार केसीले यो प्रतियोगिताबाट लुकेका प्रतिभा बाहिर आउने विश्वास ब्यक्त गरे । उनले अर्को वर्ष सबै देशभरकै प्रतिनिधित्व हुने गरी ढाँचा बनाएर प्रतियोगितालाई अझ परिमार्जित गराई राष्ट्रिय स्तरको बनाइने बताए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar